
पाल्पा । पाल्पामा छोराले बाबुको हत्या गरेका छन् ।
माथागढी गाउँपालिका–४ नेटामा १४ वर्षीय छोराले ४५ वर्षका बाबुको चिर्पट हानेर हत्या गरेका हुन् ।
घरायसी विवाद हुँदा छोराले बाबुमाथी चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शनिबार राति घरायसी विषयमा विवाद भएको थियो । सोही क्रममा छोराले बाबुको टाउकोमा चिर्पट प्रहार गरेको र उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्