
काठमाडौं । अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले आइतबार पनि त्यो क्रमलाई निरन्तरता दिएको छ ।
महानगरले रत्नपार्कस्थित सव–वे भत्काएको छ । महानगरले अवैध संरचना भत्काउने क्रम नरोकिने जनाएको छ । नगर प्रहरी टोलीले यहाँका तीन वटा सटर भत्काएको हो ।
अनाधिकृत बनाइएका अन्य सटर भने सम्बन्धित ब्यबसायीहरुले आफंै भत्काउने भनेपछि छोडिएको नगर प्रहरीले जनाएको छ । पछिल्लो समय पार्किङका लागि भनेर बनाइएका बेसमेन्टका संरचना ब्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएसँगै महानगरले यस्ता संरचनाहरु धमाधम भत्काउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्