
काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड र बार्सिलोनाले सहज जित निकालेका छन् ।
आइतबार राति भएको खेलमा रियाल मड्रिडले इस्पानियोललाई ३–१ ले पराजित गरेकाे हाे । इस्पानियोलको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिज बेन्जमाले दुई गोल गर्दा भिनिसियस जुनियरले एक गोल थपेका थिए । इस्पानियोलका जोसेलुले एक गोल फर्काए थिए ।
जितसँगै रियाल मड्रिडले ला लिगामा शीर्ष स्थानको अग्रतालाई निरन्तरता दिएको छ । लिगमा ३ खेलबाट रियाल मड्रिडको ९ अंक रहेकाे छ । समान ९ अंक जोडेको रियाल बेटिस दोस्रो स्थानमा छ भने ७ अंकसहित बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।
बार्सिलोनाले आइतबार राति रियाल भालाडोलिडमाथि ४–० को जित निकालेकाे थियाे । बार्साको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा पेड्री र सर्जी रोबेर्टोले १–१ गोल थपेका हुन् । ला लिगाकै अर्को खेलमा भियारियाल र गेटाफेले गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्