
ओखलढुंगा । ओखलढुंगाका विश्वकर्मा समुदायले अपनाउदै आएको आरन पेशा संकटमा परेको छ ।
लोप हुँदै गएका अन्य पेशा जोगाउन विभिन्न पहल भएता पनि आरन पेशा उपेक्षामा पर्दै आएको छ । आरनमा कृषि औजार निर्माण तथा मर्मत गरिन्छ पुर्ख्यौली पेशाका रूपमा आरन पेशा अपनाएर जीविका धान्दै आएका यहाँका विश्वकर्मा समुदाय पेशा संकटमा परेपछि चिन्तित भएका छन् ।
अन्य पेशा जोगाउन सरकारी तथा गैरसरकारी निकायले तालिम तथा अनुदान दिँदै आएपनि आरन पेशा जोगाउन राज्यले चासो नदिएको उनीहरूको गुनासो छ ।
बजार छ्यासछ्यास्ती खुलेका ग्रील उद्योगका कारण आरन उद्योगमा एकदमै न्यून मात्रामा काम आउने गरेको छ । प्रविधिको विकाससँगै पेशालाई बदल्न नसक्दा गाउँका कतिपय आरन उद्योग धमाधम बन्द हुँदै गएका छन् ।
बालीघरे प्रथामै अलमलिएका यहाँका विश्वकर्मा समुदायलाई आरन पेशाबाट खानलाउन समेत मुस्किल हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्