६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एकीकृत समाजवादी सोलुखुम्बुले निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्‍यो


260
Shares

सोलुखुम्बु । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सोलुखुम्बुले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले संघीय संसद अन्तर्गत प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आङङिमा लामाको एकल सिफारिस गरेको हाे । साथै समानुपातिकतर्फ आङकामी शेर्पा र ङिमादिकी शेर्पालाई सिफारिस गरेको छ ।

त्यस्तै, प्रदेश सभा सदस्यका लागि प्रदेश सभा ‘क’ बाट प्रत्यक्षमा डिल्लीबहादुर राई, भिमकुमार शर्मा र हेरम्बराज बास्तोलाई सिफारिस गरिएकाे छ । समानुपातिकतर्फ प्रदेश सभा ‘क’ बाट मोहनकरमारी भट्टराई बास्तोला र रामकुमार राईलाई सिफारिस गरिएकाे छ ।

प्रदेश सभा ‘ख’ बाट प्रत्यक्षतर्फ दोर्जी सुशिल शेर्पा र समानुपातिकतर्फ जिल्ला अध्यक्ष दोर्जीजाङ्बु लामा र सन्तोष थापामगरलाई सिफारिस गरिएकाे जिल्ला सचिव डिल्ली राईले जानकारी दिनुभएको छ ।