१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छथर गाउँपालिकामा तीज कार्यक्रम


325
Shares

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी हरितालिका तीज मनाइएको छ ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाले नृत्य प्रतियोगिता तथा सांगितिक कार्यक्रमको आयोजना गरेको हो । महिलाका लागि मनोरञ्जन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लिम्बुले बताउनुभयो । कार्यक्रममा विजयी समूह तथा प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

साेही कार्यक्रममा बाेल्दै प्रदेश-१ का सांसद कुशुम श्रेष्ठले तीजलाई संस्कृतिको रुपमा संरक्षण गर्न तथा शुभकामना आदान प्रदानसँगै सब्य रुपमा मनाउन आवश्यक रहेको बताउनुभयो ।