११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बालेनविरूद्ध दर्ता अदालतको अवहेलना मुद्दामा सुनुवाइ


11.778k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ ।

अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी निवेदन दिनुभएको थियो । उक्त निवेदनमाथि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिनुभएको थियो । मेयर साहको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।

निवेदनलाई स्वीकारेर अदालतले साहका नाममा आदेश जारी गरेमा उहाँले आफू स्वयं उपस्थित भई वा वारेसमार्फत लिखित जवाफ पेस गर्नुपर्ने हुन्छ ।