
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताउनु भएको छ ।
सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी स्थानीय तहमा तालमेल गरेर जान खुला रहेको बताउनुभएको हो । तर, कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाई थियो । राजनीतिक दलहरुले चुनाव आफ्नो नीतिको आधारमा लडनुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटकपटक दोहो¥याउनुभयो ।
महासचिव पोखरेलले नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिले राजनीतिमा दिने कुरा अतिरञ्जनामात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले सो विधेयक राष्ट्रपति कहाँ पुगिनसकेको अवस्थामा त्यसबारेमा राष्ट्रपतिले के गर्ने भन्ने विषयमा टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।
महासचिव पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नु परेको बताउनुभयो । जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गरिएकाले त्यस्ताहरुलाई दण्डित गर्न पनि पार्टीले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा होमिएको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि आफ्नो पार्टीले पार्टीका हरेक सदस्यलाई दुई मत थप गर्ने गरी अघि बढने रणनीति तय गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्