९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थप २२६ जना संक्रमित, २२३ संक्रमणमुक्त


52
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ११ जनामा कोरोना परिक्षण गर्दा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार २२३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।