
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिन ४३ हजार भन्दा बढी सक्रमित भएका छन् ।
दक्षिण कोरियाको स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार १ सय ४२ जना संक्रमित भएका हुन् ।
योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले संक्रमितहरुको कुल संख्या २ करोड ३० लाख २६ हजार ९ सय ६० पुगेको छ ।
केहीदिन अघिसम्म दैनिक एक लाखभन्दा बढी संक्रमित हुने गरेकोमा अहिले घटेर एक लाखभन्दा धेरै कम भएको छ । अघिल्लो हप्ता पनि औसतमा दैनिक एक लाख चार हजार नयाँ संक्रमित हुने गरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म २६ हजार ६ सय १८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्