१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन जिल्लाका भूकम्पपीडितले रकम पाएनन


91
Shares

ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङका भूकम्पपीडितलाई भुक्तानी गर्न १६ करोड ३१ लाख रुपैयाँ अपुग भएको छ ।

मापदण्ड अनुसार निजी आवास निर्माण गरेका लाभग्राहीलाई भुक्तानी गर्न रकम अपुग भएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुंगाले यी तीनै जिल्लाका लाभग्राहीलाई अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

सो कार्यालयले ओखलढुंगामा २८ हजार ३३ लाभग्राहीमध्ये १ हजार १ सय ५ जनाले पहिलो किस्ता, २ हजार ५ सय १० जनाले दोस्रो किस्ता र २ हजार ९ सय ९१ जनाले तेस्रो किस्ता अनुदान लिन बाँकी छ ।

सोलुखुम्बुमा १३ हजार ९ सय २६ जना लाभग्रागीमध्ये ५ सय ९४ जनाले पहिलो किस्ता, १ हजार ४ सय १८ जनाले दोस्रो किस्ता र १ हजार ७ सय ४२ जनाले तेस्रो किस्ता लिएका छैनन् ।

खोटाङका १० हजार ९ सय ४४ लाभग्राहीमध्ये ६ सय ४३ जनाले पहिलो किस्ता, १ हजार ५ सय ४४ जनाले दोस्रो किस्ता र १ हजार २ सय ८९ जनाले तेस्रो किस्ता लिन बाँकी छ ।