
फाइल फोटो
काठमाडौं । मुग्लिन–चितवन सडकखण्डमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ ।
भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बुधबार बिहान गएको पहिरोले सडक अवरूद्ध भएको हो ।
ठूलो पहिरा गएकाले दुईतर्फी नै बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
निरन्तर पानी परिरहेकाले लेदो पन्छाएर सडक खुलाउन मुस्किल भएको छ ।
सडक अवरूद्ध भएपछि दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
प्रतिक्रिया दिनुहोस्