१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेश प्रदेशमा पहिलो अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल हुँदै


0
Shares

बारा । मधेश प्रदेशमै पहिलो पटक नेपाल र भारतका क्लबको सहभागिता रहने गरी बाराको सिमरामा अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

सिमरा रंगशालामा भदौ २९ गतेदेखि असोज १ गतेसम्म हुने प्रतियोगितामा नेपाल भारतका १६ टिम सहभागी हुने सिमरा भेट्रान क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा दार्जलिङ, कोलकत्ता, सिक्किम, धरान, चितवन, जावलाखेल, चन्द्रनिगाहपुर, नवलपरासी, बिराटनगर, बुटवल, पोखराको दुई, वीरगन्जको दुई र आयोजक क्लबको दुई टिम सहभागी हुने छन् ।

सिमराका युवा समाजसेवी श्यामबाबु गुप्ताको स्वर्गीय माता मन्जुदेवीको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिता अवधिभरी उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विधागत पुरस्कार दिइने छ । ४० वर्ष उमेर भन्दा माथिका खेलाडी सहभागी रहने प्रतियोगीतामा दैनिक चार वटासम्म खेल हुने छ ।

यसअघि देशभरीका भेट्रान क्लबको सहभागितामा भएको प्रथम संस्करण पछि द्रोस्रो संस्करणलाई आयोजकले अंतर्राष्ट्रिय सहभागीता गराएको मधेश प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगीता हो ।