६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रदीप गिरीको मृत्युले राजनीतिक चिन्तलशील जगतमा शुन्यता महशुस


130
Shares

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाले स्वर्गीय प्रदीप गिरीलाई अहिले सबैले वास्तविक प्रदीप गिरी खोजिरहेको भन्दै स्मरण गर्नुभएको छ ।

बुधबार स्वर्गीय गिरीको स्मृति सभामा बोल्दै पूर्वसभामुख ढुङ्गानाले गिरीको भौतिक शरीर नभए पनि विचार छोडेर गएको भन्दै सम्झनु भयो । उहाँले गिरीले स्वतन्त्रताको लागि निरन्तर लडेको बताउनु भयो । उहाँले आफ्नो स्वतन्त्रता सरकार,पार्टी कसैलाई पनि नदिएर आफैँले लिएर गएको बताउनु भयो । प्रदीप गिरी एउटा पार्टी, देशमा अटाउने मान्छे नभएको भन्दै गिरी विचारको भने धनी भएको बताउनु भयो ।

त्यस्तै मानव अधिकारवादी कपिल श्रेष्ठले प्रदीप गिरीको मृत्युले बौद्धिक, सौदान्तिक र राजनीतिक चिन्तलशील जगतले शुन्यता महशुस गरेको बताउनु भयो । उहाँले नेपालमा बौद्धिक चिन्तन गर्ने मानिसहरुको सधैँ खडेरी रहेको बताउनु भयो । श्रेष्ठले गिरी अरु राजनीतियज्ञ भन्दा फरक जीवन शैलीमा रमाउने नेता भएको बताउनु भयो ।

त्यस्तै नेकपा एमालेका नेता रघुजी पन्तले गिरीलाई २०४६ सालतिर एक थरी काँग्रेसले काँग्रेस भनेर नै मान्ने नगरेको स्मरण गर्नुभयो । उहाँले गिरी लेलिनलाई मन पराउने मान्छे भएको बताउनु भयो ।

उहाँले स्व. गिरी नयाँ नेता भन्दा फरक व्यवहार र शैलीको नेता रहेको बताउनु भयो ।