
काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको फनपार्कलाई राजश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ ।
भृकुटीमण्डपमा रहेको ‘फन पार्क’ले सञ्चालन भएदेखि नै महानगरपालिकालाई बुझाउनु पर्ने कर नतिरेको पाइएपछि यस्तो अल्टिमेटम दिइएको हो । यदि उक्त रकम र जरिवाना महानरलाई तोकिएको समयमा नतिरे शिलबन्दी गर्ने महानगरको चेतावनी छ ।
राजश्वका लागि महानगरले पटक–पटक ताकेता गर्दा पनि फनपार्क प्रशासनले अटेरी गरेको महानगरको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्