२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आरजे सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै


27.482k
Shares

काठमाडौं । चर्चित आरजे एवं पडकास्टर सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै छिन् ।

उनले सामाजिक सञ्जालमार्फत आफु आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सार्वजनिक गर्दै स्टाटस र भीमनिधि तिवारीको मार्मिक कविता पनि सेयर गरेकी छन् ।

उनले स्टाटसमा लेखेकी छन्, ‘म पनि आमा बन्ने तर्खरमा छु । यस आमा शब्दको गुञ्जन सुन्ने दिव्य अवसर मलाई पनि मिल्नेछ । तपाईंको आशीर्वाद, शुभेच्छा, माया सधैं लेखिरहनुस् है ।’

१५ वर्षसम्म रेडियो कान्तिपुरमा काम गरेकी सविना २०७३ सालमा सो रेडियो छोडेकी थिइन् । त्यसपश्चात उनी पडकास्टमा व्यस्त छिन् ।

सन् २०११ मा अनिल पराजुलीसँग सविनाले विवाह गरेकी थिइन् ।