२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


जबराले समिति र संसदलाई नै प्रश्न गर्नु व्याख्यात्मक शैली भएको विश्वकर्माको टिप्पणी


936
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले बिहीबारका प्रश्नहरु लामो भएकोले दुई वटा मात्र प्रश्नको बयान सकिएको बताउनुभयो ।

बिहीबार बसेको महाअभियोग सिफारिस समितिमा उहाँले प्रधानन्यायाधीशले व्यक्त गर्नुभएको शब्दहरुमा आपत्ति जनाउनु नहुने बताउनुभयो ।

उहाँले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको बारेमा प्रधानन्यायाधीशसँग बयान लिएको बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताउनुभयो ।उहाँले बुधबार बार, न्यायाधीशहरुमाथि आरोप लगाउनुभएको र बिहीबार संसद र सांसदहरुमाथि आरोप लगाउनुभएको स्पष्ट पार्नुभयो ।