६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भदौ २३ गतेदेखि २७ गतेसम्म फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदै


143
Shares

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यही भदौ २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ सामग्रीको वृहत प्रर्दशनी हुने भएको छ ।

संघले बिहीबार पत्रकार सम्मेलन गरेर भदौ २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो सञ्चालन गर्ने जानकारी दिएको हो । संघले आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवद्र्धनमा टेवा पु¥याउने फर्निचर एक्स्पोको उद्देश्य रहेको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताउनु भयो । उहाँले नेपालमा नै धेरै काठ भएपनि विदेशबाट काठ आयात गरेर फर्निचर बनाउनुपर्ने बाध्यता रहेको बताउनु भयो ।

फर्निचर एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको संघले बताएको छ । एक्स्पोमा भारत, बंगलादेश लगायतका छिमेकी मुलुकका सामग्री पनि प्रदर्शक पनि एक्स्पोमा सहभागि हुनेछन् । जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले एक्स्पोलाई प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ ।

एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क रहेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टलहरु रहने छन् । आयोजकले एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको छ ।