१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मानव बेचबिखनप्रति सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा


338
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा मौलाउँदै गएको मानव बेचबिखनप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ ।

१६ औं मानवबेचबिखन बिरुद्ध राष्ट्रिय दिवसको सन्दर्भमा माइती नेपालले गरेको कार्यक्रममा उहाँले मानव बेचबिखन रोकथामका लागि सरकार दृढ रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा हुने गरेको मानव तस्करले अन्तर्राष्ट्रिय स्तरमा समेत बदनाम भइरहेको बताउनुभयो ।

माइती नेपालका कार्यकारी निर्देशक बिश्वराम खड्काले नेपालमा मानव तस्करको स्वरुप दिनप्रतिदिन परिवर्तन हुँदै गएको भन्दै यसमा माइती नेपाल मात्र नभई सरकार र राजनैतिक दल पनि गम्भीर हुनुपर्ने तर्क गर्नुभयो ।

मानव तस्करीको रोकथामका लागि नागरिक आफैं सचेत हुनुपर्नेमा सहभागीले जोड दिएका थिए ।