१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्व. गिरी समाजवादी र दार्शनिक व्यक्ति हुनुहुन्थ्योः प्रधानमन्त्री


52
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसका स्व.नेता गिरी भर्सटायल, जिनियस भएको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले स्व. गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताउनु भयो । उहाँले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणिय क्षति पुर्‍याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताउनु भयो ।

उहाँले स्व. गिरीका लेखहरु पढ्नैपर्ने र लेखहरुमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताउनु भयो । उहाँले स्व. गिरीले छोडेर गएका चिन्तनहरुलाई नेपाली काँग्रेसले देशभर पुर्‍याउने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले स्व. गिरीले लेख्नुभएका पुस्तकहरुलाई पार्टीले देशभरमा पुर्‍याएर उहाँका चिन्तनहरु अघि बढाउने बताउनु भयो ।