१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिउँदे खोला स्थित सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक भासियो


208
Shares

पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदे खोला स्थित सिद्धार्थ राजमार्गअन्तर्गतको सडक भासिएको छ । निरन्तरको वर्षापछि राजमार्गअन्तर्गतको ४० मिटर सडकको अधिकांश भाग सडक भासिएको हो ।

पूर्ण रूपमा यातायात सञ्चालन गर्न नसकिने गरी राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भासिएको सडकमा डाइभर्सन गराउन केही समय लाग्ने छ । राजमार्गमा अपराह्न ४ ः३० बजेपछि यातायात पूर्ण रुपमा बन्द रहेको छ ।

अहिले सडक भासिएपछि बुटवलबाट पाल्पा आउने र पाल्पाबाट बुटवल जाने सवारी साधन र यात्रु हिउँदे खोलामै रोकिएका छन् ।