
धनकुटा । धनकुटामा पछिल्ला बर्षहरुमा एभोकाडो खेती तर्फ किसानको आकर्षण बढ्दै गएको छ ।
तीन बर्ष अघि एभोकाडोको राजधानी घोषित धनकुटामा धनकुटा नगरपालिका सहित जिल्लाका अन्य स्थानका किसान समेत एभोकाडोको खेती तर्फ आकर्षित भएका हुन् ।
धनकुटा नगरपालिकामा मात्र गएको ४ बर्षमा खेतीको क्षेत्रफल २ सय प्रतिशतले बृद्धि भएको छ भने फल दिने बोटको संख्या १ सय २३ प्रतिशतले बृद्धि भएको धनकुटा नगरपालिकाको एभोकाडो परियोजनाले जनाएको छ ।
तर पछिल्लो समय एभोकाडोमा पात ओइलाएर झर्ने, बोट सुक्ने, फलमा गिर्खा देखिने र झर्ने समस्या देखिन थालेकोले किसानको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्