६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रहरी कार्यालय परिसरमै सक्रिय बिचौलीया


390
Shares

बारा । सर्वसाधारणले प्रहरीमा लिएर जाने गरेको उजुरीलाई प्रभावित बनाउन खोज्ने विभिन्न क्षेत्रका बिचौलीयालाई प्रहरीले नियन्त्रणमा लिदै कारबाही सुरु गरेको छ ।

प्रहरी अधिकृत संगको सामान्य चिनजानकै भरमा चिटिक्क पहिरनमा प्रस्तुतहुने बिचौलीयाले रबाफ देखाउने, केही दलका नेताले कार्यकर्ता बनाउने र केहीले प्रहरीलाई भ्रममा पार्दै सर्वसाधारण संग रकम लिने १० जना लाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिदै कारबाही थालेको हो ।

भनसुन गरीदिने, मिलाईदिने भन्दै बर्षे देखी बिचौलीया परम्परा स्थापित बनेको जिल्ला प्रहरी कार्यालय कलैया परिसरमा हरेक प्रकारका बिचौलीयाहरु माथी प्रबेश द्धारबाटै प्रहरीले निगरानी बढाएको छ ।

जिल्लाका स्थानीय तहको न्यायिक इजलासमा हुने पार्टीगत न्यायबाट अतालिएका सर्वसाधारणहरु उजुरी लिएर सोझै जिल्ला प्रहरी कलैया आउने गरेको छन । उनिहरुकै मुद्दामा स्थानिय तहको प्रमुख देखी बडा सदस्य सम्म दलबल सहित प्रहरी कार्यालय उपस्थित भै दबाब बढाउने, होहल्ला गर्नै क्रम बढदै गए पछि प्रहरीले लाठी चार्ज सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख होबीेन्द्र बोगटीले एक महिना यता १० जना बिचौलीयालाई कारबाही गरेको बताउदै प्रहरीका उजुरी गर्न ५ रुपैयाको टिकट समेत टास्न नपर्ने पिडितले सोझै प्रहरी अधिकृत देखी प्रमुख सम्म सम्पर्क गर्न सक्ने वातावरण बनेको बताउनुभयो ।

यस अघि केही प्रहरीकै कारण जिल्ला प्रहरी कार्यालमा बिचौलीया र आफुलाई नेता भन्नेहरुले सहज प्रबेश पाउने गरेको थियो ।