२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुन्दरपुरमा पहिलोपटक पुग्यो बस !


6.669k
Shares

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको केन्द्र सुन्दरपुरमा पहिलोपटक बस पुगेको छ ।

सुनकोसी नदीमाथि नवलपुरघाटमा पक्की पुल बनेपछि पलापु हुँदै सुन्दरपुरमा शुक्रबार २ वटा बस पुगेका हुन् ।

काठमाडौँबाट शुक्रबार विहान छुटेका बस सुन्दरपुरमा पहिलोपटक पुगेपछि गाउँपालिका अध्यक्ष नवराज केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम सुवेदी, वडाध्यक्ष, गाउँपालिकाका कर्मचारी, स्थानीयलगायतले स्वागत गर्नुभएको थियो ।

जिल्लाका अन्य स्थानिय तहका केन्द्रको तुलनामा अति विकट मानिएको चम्पादेवी गाउँपालिकाको केन्द्र सुन्दरपुरमा बस सञ्चालन हुनु नै ठूलो उपलब्धि भएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो । सुन्दरपुरबाट अब नियमित काठमाडौँ बस सञ्चालन हुने अध्यक्ष केसीको भनाई छ ।

यस्तै सोही ठाउँबाट ओखलढुंगा सदरमुकाम बस सञ्चालनका लागि पनि तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।