१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान : नेता गौतम


1.456k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताउनुभएको छ ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले राष्ट्रपतिले पुनःविचारका लागि पठाउनुभएको नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गरी पठाउनु राष्ट्रपति पद प्रतिको अपमान हुने बताउनुभएको हो ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको सन्देश बेठिक नभएको बताउनु भयो । उहाँले सुझावहरु ग्रहण गर्न योग्य रहेको बताउनु भयो । गौतमले यस विधेयकको सम्बन्धमा पुनःविचार गर्नुपर्ने बताउनु भयो ।

उहाँले विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै राष्ट्रिय सभामा पठाएकोप्रति असन्तुष्टि जनाउनु भयो । यस विषयमा समितिमा छलफल नहुनु बौद्धिकतामाथिको हमला भएको टिप्पणी गर्नुभयो ।