
फाइल तस्बिर
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका ३ जनाको मृत्यु भएको छ ।
त्यस्तै, २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर परीक्षणका क्रममा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टिजेन परीक्षणका क्रममा ७२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
शुक्रबार ३९८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।
हाल २ हजार ८ सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
२४ घण्टामा ९८ हजार चार सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्