२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


ओखलढुंगाको चिशंखुगढीमा १५ शैयाको प्राथमिक अस्पताल बन्याे


221
Shares

ओखलढुंगा । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको प्राथमिक अस्पताल निर्माण गर्ने घोषणा गरेकाे थियाे ।

साेही घोषणा अनुसार ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा अस्पताल भवन तयार भएको छ । २० महिनाभित्र सक्ने गरी २०७८ वैशाखमा ठेक्का लागेको भवन ठेकेदार कम्पनीले समयसीमा अगावै सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको हाे ।

६ करोड २१ लाख ६६ हजार लागतमा जगदम्बा काली मेल्मीन जेभीले देशका अन्य स्थानीय तह भन्दा चाँडो १६ महिनामै अस्पताल भवन निर्माण गरेको चिशंखुगढी गाउँपालिकाले दावी गरेको छ ।

चिशंखुगढी गाउँपालिका २ को खानी भञ्ज्याङमा निर्माण भएको अस्पताल भवनबाट चाँडै एमबीबीएस चिकित्सकसहितको स्वास्थ्य सेवा दिन थालिने गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो ।