१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोलुखुम्बुमा स्नुकर प्रतियोगिताको उपाधि छिरिङलाई


104
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक सञ्चालन गरिएको स्नुकर प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड नगरपालिकाका छिरिङ शेर्पाले जित्नुभएको छ ।

स्टार युथ क्लबले सञ्चालन गरेको प्रतियोगितामा शेर्पाले नगद ५५ हजार ५ सय ५५ रूपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण पत्र जित्नुभएको छ ।

प्रत्येक पालिकाबाट छनोट भएका जिल्लाभरीका २९ खेलाडी सहभागी प्रतियोगिताको उपविजेता पासाङ शेर्पाले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ र तृतीय हुने पेम्बा शेर्पा र जमिन राईले नगद २२ हजार २ सय २२ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

विजेताहरुलाई सोलुदूधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङ र क्लबका अध्यक्ष नाम्गेल शेर्पाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका हुन् ।