२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


केन्याविरुद्ध नेपालले ब्याटिङ गर्दै


208
Shares

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई नेपालले आराम दिईएको छ । उनको स्थानमा देव खनालले सुरुआती–११ मा स्थान बनाएका छन् ।

आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा रहेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ । नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने सोमबार खेल्नेछ ।