२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पटक-पटक चीनद्वारा नाका बन्द, सरकारको प्रथामिकता परेन नाका खुलाउने विषय


481
Shares

काठमाडौं । भारतपछि चीन नेपालको बढी व्यापारिक कारोबार हुने मुलुक हो ।

तर चीनसग मुख्य सीमाना जोडिएका तातोपानी र रसुवागढी नाका पछिल्लो समय निर्वाध व्यापार हुन सकेको छैन् । चीनले विभिन्न बहानामा पटक-पटक राजधानीसँग नजिकको दूरीमा रहेका नाका बन्द गर्दा त्यसको असर बजारमा देखिन थालेको छ । व्यापारीकाअनुसार चाडपर्व लक्षित गरेर सामान समेत नाकामै अलपत्र परेका छन् । यसको प्रत्यक्ष असरले चाडपर्वमा सामानमा थप महँगी हुने देखिएकाे छ ।

नेपाल र चीनबीच १५ सय वर्ष पूरानो व्यवसायिक सम्बन्ध रहेको इतिहास छ । तर पछिल्लो समय सानोतिनो निहुँको प्रभाव नाकामा देखिने गरेको छ । २०२८, २०४५ हुँदै भूकम्पको बहानाबाजीमा २०७२ सालमा पटक-पटक चीनले नेपालका नाका बन्द गर्‍यो । सन २ हजार २ सम्म चीनसँग १३ नाका सञ्चालन रहेकोमा हाल २ वटा तातोपानी र रसुवागढी नाका सीमित हुन पुग्यो । कोभिडको कारण देखाएर यी नाका १ महिनादेखिविना जानकारी एकतर्फी बन्द गर्दा व्यवसायी आजित बनेका छन् ।

विना जानकारी यी नाका बन्द गर्दा सयाैं कन्टेनर नाकामै अलपत्र परेका छन् । यो व्यापारीको मात्र नभएर मुलुकको सिंगो अर्थतन्त्रसँग जोडिएको विषय भएकाले समस्या समाधान गर्न बृहत छलफल आवश्यक छ । राज्य स्तरबाटै यसको समस्या समाधान खोज्नुपर्ने व्यवसायीको माग छ ।

रसुवा र तातोपानी नाकाबाट सीधा सामान ल्याउँदा १५ दिन लाग्ने र वैकल्पिक बाटो प्रयोग गर्दा ३ महिनासम्म लाग्ने भएकाले लगानी बढ्ने भएकाले व्यापारीलाई भार पर्ने गर्छ । यस्तो अवस्थामा साना तथा मझौला व्यापारीले ठूलो परिमाणमा ल्याउन नसक्ने भएकाले साना व्यापारी विस्थापित हुने भएकाले ठूला व्यापारीको एकलौटी बजारको मार आमनागरिकले व्यहोर्नुपर्छ । रुस युक्रेन युद्धको प्रभाव इन्धनमा कायमै छ । त्यसैपनि यसले ढुवानी खर्च बढ्दा महँगीको त्रास छँदैछ ।

नेपाल र चीनका दुई सरकारबीच घनिभूत वार्ता भइरहेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का भर्खरै चीनको औपचारिक भ्रमणमा गरेर फर्किनुभएको छ । तर दुई नाका खुलाउने विषयले प्राथमिकता नपाउनु बिडम्बना हो । यसका लागि सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य उपयोग गर्नु आवश्यक छ ।