
ओखलढुंगा । ओखलढुंगामा नवनिर्वाचित वडाध्यक्षहरुलाई विद्यमान संवैधानिक तथा कानुनी प्रावधान सम्बन्धी अभिमुखीकरण
तालिम सम्पन्न भएको छ ।
कानुनी र व्यहारिक दुबै सिद्धान्तबाट प्रेरित भई कार्य सम्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालित ३ दिने तालिम शनिबार सम्पन्न भएको हो । प्रदेश प्रशिक्षण केन्द्र अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम झापाको आयोजना तथा जिल्ला समन्वय समिति ओखलढुंगाको संयोजनामा जिल्लाका ७५ वटै वडाका वडाध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको थियो ।
समापन कार्यक्रममा बोल्दै अभिमुखीकरणले संवैधानिक तथा कानुनी प्रावधान सम्बन्धी काममा वडाध्यक्षहरुलाई सहजता मिलेको जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालले बताउनुभयो ।
केन्द्रका प्रमुख बिष्णुकुमार कार्कीले सेवा बितरणको क्रममा स्थानीय सरकारको प्रमुख निर्णयकर्ताको रुपमा रहने वडाध्यक्षहरुलाई कानुनी, बैधानिक र व्यवहारिक ज्ञान दिन अभिमुखीकरण सञ्चालन गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्