१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको नेता नेम्वाङको टिप्पणी


104
Shares

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गर्नु भएको छ ।

पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराइरहेको बताउनु भएको हो ।

उहाँले सत्तारुढ दलहरुकै कारण मंसीर ४ गते नै निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटकपटक दोहोर्‍याउनु भयो ।उपाध्यक्ष नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दावी गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो ।

उपाध्यक्ष नेम्वाङले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको आरोप लगाउनु भयो । उहाँले निर्वाचनमा गएपछि जनताले आफ्नो पार्टीको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।