
दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जना युवककाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नबिन केसी रहेका छन् । शनिबार राति करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं.३ साततले भन्ने स्थानमा टिकटक बनाउने क्रममा उनी भीरबाट तल खसेका थिए ।
भीरबाट खसेर बेपत्ता भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुर र गोटी खोलाको प्रहरी टोली घटनास्थल पुगेको थियो । शनिबार राति करिब साढे १० बजेको समयमा प्रहरीले उनलाई फेला पारी राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो ।
अस्पताल पुर्याइएलगत्तै अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयाे। अहिले नबिन केसीको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको उहाँले बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्