६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘लाइगर’ फ्लप भएपछि घाटा पूर्ति गर्ने देवरकोन्डाको घोषणा


14.638k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले फिल्म ‘लाइगर’ फ्लप भएपछि घाटा पूर्ति गर्न निर्मातालाई सहयोग गर्ने घोषणा गरेका छन् ।

बक्स अफिसमा फिल्मको असफलताले निर्मातालाई स्तब्ध बनाएको छ । विजय फिल्मलाई लिएर निकै विश्वस्त पनि थिए । उनले फिल्म बहिष्कार गर्नेलाई पनि चुनौती दिएका थिए । फिल्म ‘लाइगर’ को कुल बजेट १ सय २५ करोड भारतीय रुपैयाँ रहेको छ, जुन विजयको करियरकै सबैभन्दा ठूलो बजेटको फिल्म हो ।

भारतीय सञ्चार माध्यमका अनुसार विजयले फिल्मको घाटा पूर्ति गर्न निर्मातालाई ६ करोडभन्दा बढी दिने निर्णय गरेका छन् । फिल्म फ्लप भएपछि विजयले निर्माता चार्मी कौर र अन्य सहनिर्माताहरूलाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

‘लाइगर’को को असफलतालाई मध्यनजर गर्दै विजयको आगामी फिल्म ‘जनगण मन’ को बजेट केही घटाइएको छ । आफ्नो आगामी फिल्मलाई कुनै असर नपरोस भनेर विजय र निर्देशक पुरी जगन्नाथले यो फिल्मका लागि आफ्नो पारिश्रमिक नलिने निर्णय गरेका छन् । बक्स अफिसमा लाइगरको असफलताका कारण भएको नोक्सानीको पूर्ति गर्न दुवैले यो निर्णय लिएको बताइएको छ ।

यदि फिल्म ‘जनगण मन’ बक्स अफिसमा सफल साबित भयो भने, विजयले नाफाको केही भाग लिने समाचारमा उल्लेख गरिएको छ ।