२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतको टाटा समूहका पूर्वअध्यक्ष मिस्त्रीको कार दुर्घटनामा परी मृत्यु


663
Shares

काठमाडौं । भारतको प्रसिद्ध टाटा समूहका पूर्वअध्यक्ष साइरस मिस्त्रीको कार दुर्घटनामा परी मृत्यु भएको छ ।

महाराष्ट्रको पालघर जिल्लामा ५४ वर्षीय मिस्त्री चढेको कार आइतबार दुर्घटना हुँदा पूर्वअध्यक्ष मिस्त्रीको मृत्यु भएको हो ।अहमदावादबाट मुम्बईतर्फ गइरहेका पूर्वअध्यक्षमिस्त्री चढेको मर्सिडिज कार सडक डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको महाराष्ट्र प्रहरीले जनाएको छ ।

पूर्वअध्यक्ष मिस्त्रीको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा कार ड्राइभर र अर्का एक जना व्यक्ति समेत घाइते भएको जनाइएको छ । सन् २०१२ मा रतन टाटाले टाटा समूहको अध्यक्षबाट राजीनामा दिएको डेढ वर्षपछि मिस्त्री सोही समूहको अध्यक्ष बनेका थिए ।

तर, ४ वर्षमै उनलाई हटाउँदै पुनः रत्न टाटाले नै समूहको नेतृत्व सम्हालेका थिए । विश्वका १ सय भन्दा बढी देशमा काम गर्ने टाटा समूहले नुन, स्टिल, अटोमोबाइल रसफ्टवेयर लगायतका उत्पादन गर्ने गर्दछ ।

गत वर्ष मात्रै सोही कम्पनीको आम्दानी १ सय ३० अर्ब डलर रहेको थियो ।