१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एन आई सी एशियाको चाड पर्व लक्षित निःशुल्क आन्तरिक रेमिटेन्स योजना


325
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७९ भाद्र १५ देखि कार्तिक १५ सम्म लागू हुने गरी यो योजना ल्याएको जनाएको छ । यस नयाँ योजनामा बैंकका ग्राहकहरूले एनआइसी एशियाको मोबाइल बैंकिङ्ग प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । ‘सेल्फ हेल्प’ बैंकिङ्गको अवधारणा अनुरुप मोबाइल बैंकिङ्ग मार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा एनआईसी एशियाको मोबाइल बैंकिङ्गबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसबाट दैनिक अधिकतम २५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाइएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट आफ्ना ग्राहकलाई बैंकको शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा ग्राहकको अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।