
काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा रेविजको जोखिम बढेको छ ।
धमाधम पशुचौपाया मर्न थालेपछि स्थानीय त्रसित भएका छन् । भुम्लु गाउँपालिकाका विभिन्न स्थानमा एक महिनाको अवधिमा ५० भन्दा धेरै पशु चौपाया मरेका छन् । यहि बेला स्थानियले मरेको भैंसीको मासु खाएपछि गाउँमा झनै त्रास बढेको हो । स्वास्थ्य कार्यालय काभ्रे, भुम्लु गाउँपालिका स्वास्थ्य शाखा, पशु स्वास्थ्य शाखाले रोकथामको प्रयास गरे पनि पशु मर्ने क्रम रोकिएको छैन ।
स्वास्थ्य शाखा प्रमुख सुर्दशन भट्टराईका अनुसार भैसीको मासु खाने १९ परिवारका ५१ जना सहित २ सय ८९ जनालाई रेविज विरुद्धको खोप लगाईएको छ । अहिलेसम्म ४ वटा भैंसी, ३ वटा गाई, दुईवटा कुकुर र ३० भन्दा धेरै बाख्रा मरेका छन् । जसमध्ये एउटा भैंसी र राँगोमा रेविज पुष्टि भएको छ । भाद्र १६ गते भुम्लुवेशीमा राँगोमा रेविज पुष्टि भएको हो भने आरनगाउँमा सिता गिरीले पालेको भैंसीमा पनि रेविज पुष्टि भएको छ । मरेर गाढेको भैसीको सिनो निकालेर परिक्षण गर्दा रेविज पुष्टी भएको हो ।
कुकुरले धेरै पशुलाई टोकेको र भाँडाकुँडामा र्याल चुहाएको स्थानीयले बताएका छन् । भुकम्पपछि घर भत्किएका कारण मानिस तथा पशुपक्षीं टहरामै छन् । त्यसल पनि जोखिम बढाएको छ । जिल्ला स्वास्थय कार्यालय काभ्रेका प्रमुख डा. सेढाइका अनुसार अहिलेसम्म मानिसमा भने रेविजसँग मिल्दोजुल्दो लक्षण देखिएको छैन । ९९ प्रतिशत रेविज मानिसमा कुकुरबाट सर्दछ ।
गाउँपालिकाले विद्यालय मार्फत रेविजबारे जनचेतनामुलक कार्यक्रम गरिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले कुकुरलाई रेविज विरुद्धको खोप लगाउन तथा कुकुरको टोकाइबाट बच्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्