६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै


1.638k
Shares

एजेन्सी । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उहाँ विजयी हुनु भएको हो ।

पार्टीका झन्डै डेढ लाख सदस्यको प्रतक्ष्य मतदानमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भारतीय मुलका नेता सुनाकले ६० हजार ३ सय ९९ मत पाउनुभयो ।

कन्जरभेटिभ पार्टीको नेतामा विजयी ट्रस मंगलबार बेलायती महारानीबाट देशको नयाँ प्रधानमन्त्री नियुक्त हुनुहुनेछ । उहाँले दुई महिनाअघि नै राजीनामा गरेका प्रधानमन्त्री बोरिस जोन्सनलाई प्रतिस्थापन गर्नुहुनेछ । बेलायतको ५६ औं प्रधानमन्त्री ट्रस महिला प्रधानमन्त्रीमा भने मार्गरेट थ्याचर र टेरिसा मेपछिकी तेस्रो हुनुहुन्छ ।

बोरिस जोन्सन नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहुनभएकी ट्रस यसअघि टेरिसा मे र डेभिड क्यामरनका सरकारमा पनि मन्त्रीका रुपमा काम गरिसक्नुभएको छ । सन् २०१० यता उहाँ सांसद रहँदै आउनुभएको छ ।