१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिट बाँडफाँट समयमा नै हुन्छ : अध्यक्ष भट्टराई


234
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताउनुभएको छ ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुग्नुभएका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताउनुभयो ।

सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ–आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँट हुन नसके पनि अन्त्यमा सबैको सहमतिमै बाँडफाँट हुने उहाँले बताउनुभयो ।

अहिलेको गठबन्धन प्रतिगमनकारीका विरुद्ध भएका कारण मिलेर जानुको विकल्प नरहेको उहाँले बताउनुभयो । निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन नसक्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको उहाँले बताउनुभयो ।