
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमण सकेर बुधबार स्वदेश फर्कने भएका छन् ।
नेपाली टोली बुधबार बिहान आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट व्यवस्थापक विनोद दासले जानकारी दिनुभयो ।
नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो ।
नेपाल आए पछि सबै खेलाडी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने छन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदै छ ।
पुरुष क्रिकेट भने भदौ २३ गतेबाट सञ्चालन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्