२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रियसभा रहँदासम्म जबराविरुद्धको महाभियोग प्रस्ताव जीवित रहन्छ : वर्षमान पुन


702
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा रहँदासम्म प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताउनुभएको छ ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि संस्थाको रिक्तताको परिकल्पना नगरेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा आवधिक निर्वाचनमा जाँदा जनप्रतिनिधिको भुमिका खेल्ने संसदको काम राष्ट्रिय सभाले गर्ने तर्क गर्नुभयो ।

प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको प्रश्ताव दुबै सदनको दुई तिहाइले पास वा फेल गराउनुपर्ने भएकाले राष्ट्रिय सभा रहेको अवस्थामा महाअभियोग प्रस्ताव पनि जीवित रहने उहाँको जिकिर छ ।

गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा शिर्ष नेताका बीचमा सहमति भइसकेको भन्दै उहाँले कार्यदलले शीर्ष नेताहरुलाई आजै प्रतिवेदन पेस गर्ने जानकारी दिनुभयो ।