२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै कांग्रेसले उम्मेदवार चयन गर्छ : गृहमन्त्री खाँण


182
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताउनुभएको छ ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले गठबन्धमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताउनुभएको हो ।

उहाँले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताउनुभयो । गृहमन्त्री खाँणले कांग्रेसको निर्वाचन क्षेत्रिय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ-आफ्नो मातहतका निर्वाचन क्षेत्रहरुका लागि उम्मेदवारहरु सिफारिस भने गरिरहेका बताउनुभयो ।