
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।
मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो ।
उहाँले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरेपनि अहिलेको गठबन्धनको जस्तो केन्द्रीय तहको गठबन्धन एमालेले नगर्ने स्पष्ट पार्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर प्रगतिशिल विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरुसँग राजनीतिक सहकार्य हुनसक्ने बताउनुभयो ।
उहाँले स्थानीय आवश्यकताको आधारमा एमालेले वि.सं. २०४८ सालदेखि तालमेल गर्दै आएको बताउनुभयो । उहाँले २०४८ सालमा नेपाली कांग्रेससँग समेत तालमेल गर्न खुला गरेको तर काँग्रेसले जहाँ निर्वाचन लडेपनि जित्ने जवाफ पाएको स्मरण गर्नुभयो ।
उहाँले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको बयानलाई बहुमतको आडमा ६ महिनापछि झारो टार्ने काम गरिएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्