
काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति म्यान्चेस्टर सिटी, रियाल मड्रिड, पि.एस.जी र बोरुसिया डर्टमण्ड विजयी भएका छन् ।
समुह चरणको पहिलो खेलमा म्यान्चेस्टर सिटीले स्पेनको सेभियालाई ४–० ले हराएको हो । यहि समूहको अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले डेनमार्कको एफ.सी कोपनहेगनलाई ३–० ले पाखा लगायो ।
उस्तै, समूह ‘एफ’ को खेलमा स्पेनको रियाल मड्रिडले स्कटल्याण्डको सेल्टिकलाई ३–० ले हराउँदा युक्रेनको शख्तर डोनेत्स्कले जर्मनीको आर.बी लेप्जीगलाई ४–१ ले पराजित गरेको छ ।
यसैगरि समुह ‘एच’ मा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इटालीको युभेन्टसलाई २–१ ले पराजित गर्दा पोर्चुगलको बेनिफिकाले इजराइलको मकाबी हाइफालाई २–१ ले हराएको छ ।
समुह ‘ई’ को खेलमा इंग्ल्याण्डको चेल्सीलाई क्रोएसियाको डिनामो जाग्रेबले १–० ले हराउँदा इटालीको एसी मिलान र अष्ट्रियाको एफ.सी साल्जवर्गले एक एक गोलको बराबरीमा चित्त बुझाए ।
प्रतिक्रिया दिनुहोस्