
तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाँउपालिका-६ का चुईन्द्र बस्नेत र उनकी श्रीमती टिका बस्नेतले विगत ४ वर्षदेखि च्याउखेती गर्दै आएका छन् ।
घर नजिकै बनाएका टनेलमा लगाएको च्याउ खेतीसँगै बस्नेत दम्पती रमाई रहेका छन् । च्याउबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेकाे उनीहरुले बताएका छन् । बस्नेत दम्पतीले च्याउखेती रोजेपछि आम्दानीकाे गतिलो श्रोत बनेको छ । युवाहरु रोजगारीको खोजीमा विभिन्न ठाउँमा जाने गरेका छन् । तर, बस्नेत दम्पतीले गरेको लोभ लाग्दो च्याउखेती एक उदाहण बनेको छ ।
त्यसो चुइन्द्र पनि रोजगारीको खोजीमा मलेसिया र कता जाँदा भएको खर्चसम्म तिर्न नसकेपछि श्रीमतीले घर फर्काएकी हुन् । गाउँ फर्केपछि ३० लाख लगानी गरेर च्याउखेती सुरु गरेका चुईन्द्र यतिबेला साेही खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । ३ वर्ष अघि विष्णु एग्रोफर्म दर्ता गरेर व्यवसायिक रुपमा च्याउखेती गर्दै आएका छन् ।
६ वटा टनेलमा च्याउ खेती गर्दै आएका बस्नेत दम्पतीले दैनिक २ सयदेखि ३ सय किलो च्याउ उत्पादन गर्दै आएका छन् । गाउँमै आफू पनि व्यवसायी बन्ने र युवालाई पनि रोजगार दिने लक्ष्यका साथ च्याउखेती सुरु गरेको चुईन्द्रको भनाइ छ ।
पराईको भूमिमा गरेको श्रम र मेहनत आफ्नै गाउँमा गर्ने हो भने रोजगारको लागि भौतारी रहनु पर्दैन भन्ने एक उदाहरणको रुपमा यी दम्पतीले दिएका छन् । बस्नेत दम्पती च्याउखेतीको हेरचाहमा हरेक दिन भ्याई-नभ्याई छन् ।
फर्ममा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पुर्याउने र फर्मको हेरचाह मै उनीहरुको दिन बितेकाे छ । घरमै परिवारको साथमा च्याउखेतीमा रमाई रहँदा टिका पनि खुशी भएको टिका बस्नेतले बताउँछिन् ।
बस्नेत दम्पतीले च्याउ बिक्री वितरण गरेर मात्रै एक सिजनमा १२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकाे बताउँछन् । कोशी राजमार्गको छेउमा फर्म रहेकाले बजारको समस्या छैन् । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम, स्थानीय बजार र तेह्रथुमको बसन्तपुर सुक्रबारे लगायतका बजारमा नै खपत हुँदै आएको छ ।
च्याउ बजारमा २ सय ५० रुपैयाँले बिक्री वितरण हुँदै आएको छ । श्रम र मेहनत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बस्नेत दम्पतीले गरेकाे च्याउखेतीले उदाहरण दिएको छ ।
प्रतिक्रिया दिनुहोस्