१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


91
Shares

काठमाडौं । दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराहीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा बुधबार दिउँसो दुर्घटना भएको हो ।

ब्रेक फेल भएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । मृतक खाँ ट्रकका सहचालक रहेको प्रहरीको भनाइ छ ।