८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दशैंको अग्रिम टिकट बुकिङ असोज १ देखि खुल्ने


26
Shares

काठमाडौं । यातायात व्यवसायीहरूले दशैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट बुकिङ खुला गर्ने भएका छन् ।

यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग लगायत सरोकारवालाहरूको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यससँगै नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चावहिल लगायतका स्थानमा परिचयपत्र लगाएका कर्मचारीसँग मात्रै टिकट काट्न पनि यातायात व्यवस्था विभागले यात्रुलाई आग्रह गरेको छ ।

दशैंको बेलामा यात्रुहरूलाई ठगिन हुने भएकाले त्यसलाई मध्येनजर राख्दै काठमाडौंका यात्रुको चाप हुने स्थानमा टिकट काट्ने स्टल राखिने पनि बताइएको छ । दशैं तथा तिहारलगायत चाडँबाडँको समयमा काठमाडौं बाहिर जाने यात्रुको संख्या धेरै हुने भएकाले सरकारले यात्रुलाई सजिलो होस् भनेर भदौ अन्तिमबाट सडक मर्मतको काम थाल्ने पनि सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताउनुभयो ।

यसैबीच दशैंको फूलपातिको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गरेर दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै असष्टीदेखि एकादशीसम्म मालवाहक गाडी सञ्चालनमा रोक लगाउने निर्णय हो । दशैंका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

तर, अत्यावश्यक खाद्यान्न लगायतका ढुवानीका साधनहरुलाई भने नरोकिने विभागले जनाएको छ ।