
काठमाडौं । बागमती प्रदेश सरकारले यस वर्ष दक्ष जनशक्ति उत्पादन गर्न १० हजार जनालाई तालिम दिने भएको छ ।
श्रम बजार सूचना कार्यशाला गोष्ठीमा बागमती प्रदेशको श्रम, यातायात तथा रोजगार मन्त्री घनश्याम प्रदेश सरकारले यसवर्ष दक्ष श्रमिक उत्पादन गर्न १७ करोड रकम बिनियोजन गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले हरेक वर्ष दक्ष श्रम शक्ति उत्पादन गरेर बेरोजगारी दर घटाउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा निजी क्षेत्रका सरोकारवालाहरुले श्रम बजारमा देखिएको दक्ष जनशक्तिको अभाव कम गर्न प्रदेश सरकारले पहल गरेपनि पूर्ण नभएको बताए । उनीहरुले विभिन्न पाँच वटा महासंघले नेपालमा श्रम बजारको समस्याबारे करिब दुई वर्षदेखि अध्ययन गरिरहेको र समाधानका लागि अपनाउनु पर्ने उपायबारे गरेको गतिविधिका सम्बन्धमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्