
काभ्रे । आगामी असोज ३ गतेदेखी १५ गतेसम्म काभ्रे महोत्सव हुने भएको छ ।
व्यवसायीक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने मुल नाराका साथ बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा महोत्सव हुने काभ्रे उद्योग वाणिज्य संघले जनाएको छ । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र उकास्नको लागि स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव आयोजना गरिएको काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले जानकारी दिनुभयो ।
महोत्सवमा १ सय १५ वटा स्टल रहनेछन् । साधारण स्टलहरुलाई १७ हजार ५ सय, अटोमोवाइललाई ३० हजार, होटल रेष्टुरेन्टका लागि ३५ हजार र वित्तीय सहकारी संस्थाका लागि १५ हजार स्टल शुल्क तोकिएको छ । करिव ५० हजार जनाले महोत्सव अवलोकन गर्ने उद्योग वाणिज्य संघको अनुमान छ । महोत्वस स्थलमा प्रवेश गर्नको लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
विद्यार्थीका लागि ५० रुपैयाँ र वृद्धवृद्धाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसंछेले जानकारी दिनुभयो । महोत्वस अवधिभर १ करोड बराबरको कारोवार हुने संघको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्