१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट आजबाट काठमाडौंमा सुरू हुँदै


208
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आज बिहीबारबाट काठमाडौंमा सुरू हुँदैछ ।

नवौं राष्ट्रिय खेलकुद यहि असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका पोखरा लगायत विविध शहरमा आयोजना हुँदैछ ।

तर, उक्त मितिमा क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग आयोजना गर्ने तयारी भईरहेकोले राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेल बिहीबारबाट सुरू हुन लागेको हो ।

बिहीबार पहिलो दिन चार खेलहरु हुनेछ । दुई खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र दुई खेल मुलपानी मैदानमा हुनेछ ।

किर्तीपुरमा हुने उद्घाटन खेलमा एन.आर.एन.ए टिम र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान सवा ९ बजे सुरु हुनेछ । टियुमै हुने दोस्रो खेलमा बागमतीले प्रदेश एकसँग खेल्नेछ ।

यस्तै मुलपानी मैदानमा मधेस प्रदेश र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागिय टोली तथा एउटा एन.आर.एन.को टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।